माओवादी केन्द्र प्रदेश १ : सहमतिमै पदाधिकारी टुंगो नलगेपछि निर्वाचनकाे तयारी
विराटनगर, पुस ७ : पदाधिकारी टुंगो लाग्न नसकेपछि माओवादी केन्द्र प्रदेश १ मा निर्वाचन हुने भएको छ। सहमतिमै पदाधिकारी टुंगो लगाउन गरिएको एक साताको...
विराटनगर, पुस ७ : पदाधिकारी टुंगो लाग्न नसकेपछि माओवादी केन्द्र प्रदेश १ मा निर्वाचन हुने भएको छ। सहमतिमै पदाधिकारी टुंगो लगाउन गरिएको एक साताको कसरत असफल भएपछि आज (बुधबार) निर्वाचन गर्ने तयारीमा माओवादी केन्द्र जुटेको हो।
सहमतिमै प्रदेश पदाधिकारी टुंगो लगाउन पाँच सदस्यीय कार्यदल नै गठन गरिएको थियो। कार्यादलले नेतृत्वका आकांक्षीलाई राखेर पटकपटक बैठक बसे पनि कुनै निष्कर्ष निकालन सकेन। आकांक्षीहरूले दाबी नछाडेपछि नेतृत्व चयनका लागि निर्वाचन नै गर्नुपरेको एक नेताले बताए।
पदाधिकारीका लागि ४० भन्दा बढीको दाबी छ। अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बोले दाबी गरिरहेका छन्।
माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैंचाको विराटचोकमा सम्पन्न भएको थियो। सो अधिवेशनले पदाधिकारीबिना २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


