घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
काठमाडौं, पुस ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार ६०० तोकिएको छ।पहेँलो धातु अधिल्लो...
काठमाडौं, पुस ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार ६०० तोकिएको छ।
पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार ५०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १०ले बढेर रु. एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचढावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२५ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











