हिँडिरहेको अवस्थामा भेटिए हुम्लाका चन्द्रे कामी
काठमाडौं, पुस ७ : अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन्। उनलाई बुधबार बिहान खार्पुनाथमा गाउँपालिकामा हिँडिरहेको अवस्थामा प्रहरीले...
काठमाडौं, पुस ७ : अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन्। उनलाई बुधबार बिहान खार्पुनाथमा गाउँपालिकामा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम विवाह गरेका थिए। माइती पक्षले २९ गते राति खोसेर लिएका थिए ।
त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले बिहान उनलाई खार्पुनाथमा भेटाएपछि उद्धार गरेर प्रहरी कार्यालयमा राखेको छ । बाँकी कुराहरु सोधपुछपछि थाहा हुने प्रहरीले जनाएको छ।
चन्द्रेका परिवारले भने अन्तरजातीय विवाह गरेका कारणले केटीपक्षले आफ्नो छोराको अपहरण गरेको बताउँदै आएका छन्।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


