Kathmandu Press

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ ९ कार्यसूची 

काठमाडौं, पुस ७ : प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो  १ बजेदेखि बस्ने बैठकका लागि विभिन्न ९ कार्यसूची तय भएका छन्। प्रमुख प्रतिपक्षी...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ ९ कार्यसूची 
फाइल तस्बिर

काठमाडौं, पुस ७ : प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो  १ बजेदेखि बस्ने बैठकका लागि विभिन्न ९ कार्यसूची तय भएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा लगातार अवरोध गर्दै आइरहेको छ । आज बस्ने बैठकमा पनि एमाले अवरोध कायम रहनेछ। 

प्रतिनिधि सभाको दसौं अधिवेशनको पहिलो बैठकमा एमाले अवरोधका बीच ६ वटा अधयादेश पारित भएका थिए। त्यस्तै दोस्रो बैठकले दुई अध्यादेश बहुमतबाट स्वीकृत भएको थियो। 

एमालेलाई अवरोध र नाराबाजी नगर्न सभामुख अग्नीप्रसाद सापकोटाले लगातार आग्रह गर्दै आइरहेका छन् । सहमतिका लागि पटकपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएपनि एमालेले नाराबाजी गर्न छाडेको छैन, 


संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची यस्तो छ :

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्