बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर, पुस ७ः बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय भएको बागमती प्रदेशसभाले जनाएको छ ।प्रदेशसभाको बैठकअघि...
मकवानपुर, पुस ७ः बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय भएको बागमती प्रदेशसभाले जनाएको छ ।
प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने जानकारी प्रदेशसभाका सचिव कृष्णहरि खड्काले दिए । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।
सो बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने उनले जानकारी दिए ।
प्रदेशसभाबाट मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि पहिलो पटक बैठक बस्ने लागेको हो।
प्रकाशित मिति: १०:०३ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


