Kathmandu Press

लुम्बिनीबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशतर्फको मतपरिणाम सार्वजनिक भएको छ।गएराति सार्वजनिक मतपरिणामअनुसार, केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७...
लुम्बिनीबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशतर्फको मतपरिणाम सार्वजनिक भएको छ।

गएराति सार्वजनिक मतपरिणामअनुसार, केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

यसैगरी केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशको महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएकी छन्। केन्द्रीय सदस्यका अर्का उम्मेदवार रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी) ले ४१४ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति: ०८:५२ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्