आयोगले खोल्यो २५९८ शिक्षकका लागि विज्ञापन
काठमाडौं, पुस ७ : लामो समयपछि शिक्षक सेवा आयोगले विभिन्न विषयमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि विज्ञापन खोलेको छ।बुधबार आयोगले सूचना...
काठमाडौं, पुस ७ : लामो समयपछि शिक्षक सेवा आयोगले विभिन्न विषयमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि विज्ञापन खोलेको छ।
बुधबार आयोगले सूचना प्रकाशित गरी निम्न माध्यमिक विद्यालय तह तृतीय श्रेणीका शिक्षकका लागि विज्ञापन गरेको हो। यस सम्बन्धी आयोगको वेबसाइटमा सूचना प्रकाशित गरिएको छ।
जसमा नेपाली विषयका ४३७ शिक्षक माग गरिएको छ। त्यस्तै, अंग्रेजी विषयका ६२४ शिक्षकको विज्ञापन गरिएको छ।
गणित विषयका ३७१, विज्ञानका ४४०, सामाजिक अध्ययनका ३५३, शुक्लयर्वेदका एक, गणित विज्ञानका ३६४, संस्कृत व्याकरणका तीन, संस्कृत भाषाका चार र संस्कृत कर्मकाण्डका एक शिक्षक माग गरिएको छ।
यसका लागि आगामी चैत १७ गते बिहान ११ बजे लिखित परीक्षा तोकिएको छ। आयोगले सातै प्रदेशमा परीक्षा केन्द्र तोकेको छ। लिखित परीक्षामा उत्तीर्ण भएपछि मौखिक परीक्षा हुनेछ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन शुल्क सात सय रुपैयाँ तोकिएको छ।
यस पटक आयोगले अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको छ। आयोगको वेबसाइटमा गएर फारम भर्न सकिनेछ।
शिक्षक सेवा आयोगको सूचना:








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


