Kathmandu Press

शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

काठमाडौं, पुस ७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण...
शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

काठमाडौं, पुस ७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न विशेष उपसमिति गठन गरेको छ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल अध्यक्ष रहेको उक्त समितिले रायसहितको प्रतिवेदन पेश गर्न उपसमितिलाई १५ दिनको समय सीमा तोकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयबाट अनुमति लिई विदेशी विश्वविद्यालय र शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालनमा रहेका शिक्षण संस्थाको सञ्चालन अनुमति नविकरण गर्ने सम्बन्धमा कोभिड–१९ लगायत कारणले स्थलगत निरीक्षण÷अनुगमन हुन सकेको थिएन।

सोही कारण विद्यार्थी एवं सरोकारवाला पक्षमा पर्न गएको अन्यौलता सम्बोधन गर्न आज मन्त्री पौडेलकै अध्यक्षतामा उच्चस्तरीक्ष मूल्याङ्कन तथा अनुगमन समितिको बैठक बसी उक्त निर्णय गरिएको हो।

 

प्रकाशित मिति: ०७:०८ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्