Kathmandu Press

महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

कर्णाली, पुस ७ : सुर्खेतमा महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारीलाई पक्राउ गरिएको छ।।महिलालाई  दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई...
महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

कर्णाली, पुस ७ : सुर्खेतमा महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारीलाई पक्राउ गरिएको छ।।

महिलालाई  दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन्।

लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।

पक्राउ परेका तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको उनले बताए। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन्। उनीमाथि धामी र पूजारीले दुर्व्यवहार गरेका थिए।

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्