कांग्रेस गण्डकी केन्द्रीय सदस्यमा वाग्ले, नेपाली र तिवारी निर्वाचित
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा धुब्र वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् ।भर्खरै सार्बजनिक नतिजा अनुसार...
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा धुब्र वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् ।
भर्खरै सार्बजनिक नतिजा अनुसार वाग्ले र नेपाली लोकप्रिय मतसहित निर्वाचित भएका हुन् । वाग्ले संविधान सभा सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य हुन् भने नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् ।
कुल खसेको ४६६४ मत मध्ये वाग्लेले २७२० मत पाए भने नेपालीले २३०६ मत पाए ।
यस्तै गण्डकी प्रदेशकै महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् ।
निर्वाचित भएकामध्ये वाग्ले र तिवारी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् भने नेपाली शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा थिए ।
प्रकाशित मिति: २१:०० बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


