कर्णाली र सुदुरपश्चिम प्रदेशबाट को-को भए कांग्रेस केन्द्रीय सदस्य ?
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस सुदुरपश्चिम खुला केन्द्रीय सदस्यमा रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन् ।जम्मा ४६७७ मत खसेकोमा रावलले...
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस सुदुरपश्चिम खुला केन्द्रीय सदस्यमा रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन् ।
जम्मा ४६७७ मत खसेकोमा रावलले २६६९ मत ल्याएका छन् । जोशीले २०४४ मत ल्याएका छन् । ३१ मत भने बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै सुदुरपश्चिम प्रदेश महिला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन् । ३१ मत बदर भएको थियो ।
यता, कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानल विजयी भएको छ । देउवा पक्षका राजीव विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका हुन् । शाहले २८२० मत पाए भने अर्का बुढाले २२०० मत पाएर बिजयी हुँदा कांग्रेसको प्रभावशाली नेता तथा पूर्वमन्त्री हृदयराम थानीलाई एक मले पराजित भएका छन् ।
कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत ल्याएकी छन् ।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


