Kathmandu Press

संसदमा हाम्रो उपस्थितिले ओलीको सातो गएको छ : नेपाल 

काठमाडौं, पुस ६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको दाबी गरेका छन् ।मङ्गलवार पोखरामा...
संसदमा हाम्रो उपस्थितिले ओलीको सातो गएको छ : नेपाल 

काठमाडौं, पुस ६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको दाबी गरेका छन् ।

मङ्गलवार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले केपी शर्मा ओलीको प्राइभेट कम्पनीमा रूपान्तरण भइसकेको दोहोर्‍याए । 

अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपालको गरिमालाई उँचो बनाउनु रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको बताए । उनुभयो । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । 

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्