शशांक र गगनलाई पछि पार्दै मुक्ताले पाईन् सर्वाधिक मत
काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् ।७३ पदको मतगणना सकिएर...
काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् ।
७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले हालसम्मकै सबैभन्दा ३९६० मत प्राप्त गर्दै मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।
यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए भने महामन्त्री गगन थापाले ३०२३ मत पाएका थिए । मुक्ताले कोइराला र थापालाई उछिनेकी हुन् ।
उनी कुनै पनि नखुलेरै चुनाव लडेकाले धेरै मत पाएको चर्चा समेत हुन थालेको छ ।
धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर १ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


