Kathmandu Press

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाँण

काठमाडाैं, पुस ६ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन।नेपाली कांग्रेसको...
एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाँण

काठमाडाैं, पुस ६ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन।

नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए। उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे।

सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पारे। एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उनले निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए।

मन्त्री खाँणले भने, 'एमसीसीबारे केही भ्रम पनि होलान्। यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ। यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो। त्यसलाई अमेरिकाले स्वीकार गरेको छ। यो निःशर्त अनुदान हो।'

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्