Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्यको मतपरिणाम, कहाँ को भए विजयी ? (सूचीसहित) 

केन्द्रीय सदस्य मुस्लिम (खुला) तर्फको २ पदमा अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । रज्जाकले २३९० मत ल्याउँदा सतारले २२२८ मत प्राप्त गरे । यो पदमा १० जनाले प्रतिष्पर्धा गरेका थिए ।
कांग्रेस केन्द्रीय सदस्यको मतपरिणाम, कहाँ को भए विजयी ? (सूचीसहित) 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत विभिन्न कलस्टरको मतपरिणाम आउने क्रम जारी छ ।

केन्द्रीय सदस्य मुस्लिम (खुला) तर्फको २ पदमा अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । रज्जाकले २३९० मत ल्याउँदा सतारले २२२८ मत प्राप्त गरे । यो पदमा १० जनाले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै मुस्लिम महिलातर्फ जावेदा खातुन जागा १९ सय मत सहित निर्वाचित भईन् । 

यस्तै, वागमती प्रदेश खुला केन्द्रीय सदस्यमा ध्यानगोबिन्द रञ्जित र राजन कुमार निर्वाचित भए । रञ्जितले २४१९ मत प्राप्त गरे भने, केसीले २१२९ मत पाए ।

यो पदमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै बाग्मती प्रदेशकै महिलातर्फ उर्मिला नेपाल केसी निर्वाचित भईन् । उनले २३४९ मत पाईन् । 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्