पार्टीबाट निष्काशित भएपछि मिलन पाण्डेको प्रतिक्रिया – सरी ब्रो राजतन्त्र मान्न सक्दिनँ
काठमाडौं, पुस ६ : विवेकशील साझा पार्टीबाट निस्काशित भएका मिलन पाण्डेले आफूमाथि गरिएको कारवाहीलाई तानाशाहीको संज्ञा दिएका छन्। मंगलबार रवीन्द्र मिश्र पक्षले मिलन पाण्डेलाई...
काठमाडौं, पुस ६ : विवेकशील साझा पार्टीबाट निस्काशित भएका मिलन पाण्डेले आफूमाथि गरिएको कारवाहीलाई तानाशाहीको संज्ञा दिएका छन्। मंगलबार रवीन्द्र मिश्र पक्षले मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।
पाण्डेले पार्टीभित्रको राजनैतिक मतभिन्नता राजनीतिक तवरले नै हल गर्नुपर्नेमा कुत्सित मनशाय राखेर पार्टीबाट आफूलाई निष्कासन गरेको प्रतिक्रिया दिएका छन्। उनले सो कारवाहीलाई अस्वीकार समेत गरेका छन्।
आफूले पार्टी निर्माणमा जीवनको दस वर्ष गरेको बताउँदै तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भई रहँदा पार्टीभित्र आफूले महत्वपूर्ण योगदान गरेको समेत दाबी गरेका छन् । उनले विवेकशील साझा पार्टीभित्र आफूले बनाएको कुनै समानान्तर कमिटी नभई पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरिएको उनले बताए।
कारवाहीपछि पाण्डेले ट्वीटरमा लेखेका छ्न, ‘त्यो पुस १, त्यो पुस ५, अनि आज पुस ६ । यी दिन लूटतन्त्रका बिम्ब हुन्। ‘तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ति सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’








-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)
