Kathmandu Press

कांग्रेस महाधिवेशन : मधेशी महिलातर्फको केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी महिलातर्फको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मधेशी महिला क्लस्टरबाट चार जनालाई...
कांग्रेस महाधिवेशन : मधेशी महिलातर्फको केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी महिलातर्फको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

मधेशी महिला क्लस्टरबाट चार जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था रहेको छ।  जारी महाधिवेशनबाट मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको समितिका सचिव श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्