Kathmandu Press

कांग्रेस महाधिवेशन : मधेशीतर्फको केन्द्रीय सदस्यमा विनोद चौधरी सहित ५ निर्वाचित, कसले कति मत पाए ? 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी तर्फको केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार...
कांग्रेस महाधिवेशन : मधेशीतर्फको केन्द्रीय सदस्यमा विनोद चौधरी सहित ५ निर्वाचित, कसले कति मत पाए ? 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी तर्फको केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार दिउँसो सकिएको मतगणनाबाट केन्द्रीय सदस्यमा विनोद चौधरी सहित ५ जना निर्वाचित भएका हुन्। 

केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य ४ जनामा अजय चौरासिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेश यादव रहेका छन्। यीमध्य अजय चौरासियाले सबैभन्दा बढी मत (२५२२) प्राप्त गरे । 

त्यस्तै विनोद चौधरीले दोस्रो बढी मत (२२०६) पाए । पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र चन्द्रमोहन यादवले २१३८ मत पाए । त्यस्तै महेन्द्रकुमार राय र दिनेश यादवले १९८४ र १९५९ मत पाए । 

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् ।  

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्