Kathmandu Press

मिलन पाण्डे विवेकशील साझाको साधारण सदस्यसमेत नरहने गरी निष्काशित

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।
मिलन पाण्डे विवेकशील साझाको साधारण सदस्यसमेत नरहने गरी निष्काशित

काठमार्डौ, पुस ६ : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीबाट निष्काशित भएका छन् । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेकाे हाे।

मंगलबार पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रद्वारा हस्ताक्षर गरिएको निर्णयमा पाण्डेले पार्टीलाई क्षति हुनेगरी गतिविधि गरेका कारण उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख छ।

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थिए भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको  पत्रमा उल्लेख छ ।  

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्