प्रतिनिधि सभा बैठक सुरु, आज पनि एमालेको नाराबाजी
काठमाडौं, पुस ६ : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले पनि नाराबाजी सुरु गरेका छन्। एमालेका सांसदहरुले संसद अवरोध...
काठमाडौं, पुस ६ : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले पनि नाराबाजी सुरु गरेका छन्।
एमालेका सांसदहरुले संसद अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावलीबारे सांसदहरुको ध्यानाकर्षण गराउँदै आ–आफ्नो सिटमा बस्न आग्रह गरिरहेका छन्।
उनले अदालतमा विचाराधिन मुद्दालाई संसदमा छलफल गर्न नहुनेबारे पनि सांसदहरुलाई बताउँदै विरोध नगरी आम नागरिकको दैनिक समस्याका बारेमा छलफल गर्नुपर्ने हुँदा प्रतिपक्षी दलको हैसियतले सहयोग गर्न आग्रह गरे ।
तर, एमालेका सांसदहरु भने सभामुखको आग्रहलाई बेवास्ता गर्दै नाराबाजी जारी गरेका छन् । पटकपटकको आग्रहलाई बेवास्ता गरेपछि सभामुखले संसदको कार्यसूची अगाडि बढाएका छन्।
प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)
