Kathmandu Press

चिट चोर्न नदिएका कारण आरआरका विद्यार्थीले शिक्षक कुटे, टाउकोमा सात टाँका 

काठमाडौं, पुस ६ : काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी  क्याम्पस (आरआर) मा शिक्षकमाथि निर्घात कुटपीट भएको छ,। क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै सहायक...
चिट चोर्न नदिएका कारण आरआरका विद्यार्थीले शिक्षक कुटे, टाउकोमा सात टाँका 

काठमाडौं, पुस ६ : काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी  क्याम्पस (आरआर) मा शिक्षकमाथि निर्घात कुटपीट भएको छ,। क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि विद्यार्थीहरुले निर्घात कुटपीट गरेका हुन्। 

 चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षक पुडासैनीले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएर शिक्षकमाथि निर्घात कुटपिट गरेका हुन्। 

विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको बताइएको छ। घाइते शिक्षक पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।

 
 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्