अदालत परिसरमा आन्दोलन नगर्न सर्वोच्च प्रशासनको निर्देशन, आन्दोलन नरोक्ने पक्षमा बार
काठमाडौं, पुस ६ : सर्वोच्च अदालतले अदालत परिसरमा आन्दोलन नगर्न कानून व्यवसायीहरुलाई निर्देशन दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको निर्देशनपछि अदालत प्रशासनले सर्वोच्च परिसरमा...
काठमाडौं, पुस ६ : सर्वोच्च अदालतले अदालत परिसरमा आन्दोलन नगर्न कानून व्यवसायीहरुलाई निर्देशन दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको निर्देशनपछि अदालत प्रशासनले सर्वोच्च परिसरमा आन्दोलन नगर्न चेतावनी दिएको हो।
सर्वोच्च प्रशासले नेपाल बार र सर्वोच्च बार एशोसियशनका अध्यक्षलाई सन्देश पठाउँदै अदालत परिसरमा कानून व्यवसायीहरुको आन्दोलन रोक्न निर्देशन दिएको दिएको हो। आन्दोलनका कारण अदालतको काम प्रभावित भएको भन्दै अदालत परिसरमा नाराबाजी गर्ने, माइकिङ गर्ने लगायतका गतिविधि रोक्न भनिएको हो।
सर्वोच्च परिसरमा बार एसोसियसनमा आवद्ध कानून व्यवसायीहरुले दैनिक हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरिरहेका छन्।
प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न भने पनि यसको उद्देश्य राणाविरुद्धको आन्दोलन दवाउनु रहेको भन्दै बारका पदाधिकारी छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीश जबराको निर्देशनमा सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेकाले आफूहरु झनै दवाव दिने रणनीति बनाउन लागेको बारका एक पदाधिकारीले बताए।









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)