Kathmandu Press

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौं, पुस ७ : नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टी...
पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौं, पुस ७ : नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो । 

बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कूल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए।

वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने, पार्टी कार्यदिशाको सम्प्रेषणलाई केन्द्रमा राखेर स्कुलको काम गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाहरूको अध्ययन गरी माक्र्सवादी दृष्टिकोण तयार पार्ने बैठकको  निष्कर्ष छ। 

अनुसन्धानलाई योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उहाँले जानकरी दिए। बैठकमा स्कुलका लागि आवश्यक संरचना र पार्टीका जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्थाका विषयमा छलफल भएको थियो।  

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्