Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते  भएको...
कांग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। 

महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते  भएको निर्वाचनमा कूल  १६४० मतका साथ श्रेष्ठ विजयी  भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन)ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: ११:१२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्