Kathmandu Press

प्रदेश २ मा संस्थापन पक्षबाट कृष्ण यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौं, पुस ६ : सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै छ। विभिन्न कारणले रोकिएको प्रदेश अधिवेशन आजदेखि हुन लागेको हो...
प्रदेश २ मा संस्थापन पक्षबाट कृष्ण यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौं, पुस ६ : सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै छ। विभिन्न कारणले रोकिएको प्रदेश अधिवेशन आजदेखि हुन लागेको हो । 

अधिवेशनमा संस्थापन पक्षले कृष्ण यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने भएको छ। संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, उदयशमशेर राणा, रामहरि खतिवडा, आनन्द ढुंगाना, रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन र बुधबार प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।

संस्थापनइतर समूहबाट प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादबलाई अगाडि सार्ने तयारी छ । यादव पूर्वउपसभापति विमलेन्द्र निधि निकट हुन। 

प्रकाशित मिति: ०९:५६ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्