Kathmandu Press

कांग्रेस प्रदेश २ को अधिवेशन आज हुँदै

वीरगञ्ज, पुस ६ : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आजबाट निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।कांग्रेस प्रदेश निर्वाचत समितिका अनुसार...
कांग्रेस प्रदेश २ को अधिवेशन आज हुँदै

वीरगञ्ज, पुस ६ : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आजबाट निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।

कांग्रेस प्रदेश निर्वाचत समितिका अनुसार आज दिउसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ। यसका अघि क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको थियो।

प्रदेश सभापतिका लागि कृष्ण यादव र रामसरोज यादव उम्मेदवार बन्ने भएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव उम्मेदवार बन्न लागेका हुन्।

त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव उम्मेदवार बन्ने भएका छन्। उनलाई डा. शेखर कोइराला पक्षले पनि समर्थन जनाएको छ।

रामसरोज अहिले कांग्रेस प्रदेश संसदीय दलका नेता हुन्। उनी भौतिक पूर्वाधार मन्त्री पनि छन्।

गत मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भएको थियो। तर, केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएपछि स्थगित गरिएको थियो।

 

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्