Kathmandu Press

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं, पुस ६ : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्।सभामुख सापकोटाले आज बिहान ११ः३० बजे संसद् भवन नयाँ बानेश्वरस्थित शंकर...
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं, पुस ६ : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्।

सभामुख सापकोटाले आज बिहान ११ः३० बजे संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बोलाएका हुन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ।

‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने।

आजको दिउसो १ बजे संसद् बैठक बोलाइएको छ। त्यसअघि बिहान ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।

संसद् सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा एमसीसी उल्लेख छैन्। एमसीसीमा संसद्मा पेश गर्न सभामुख सापकोटालाई दवाव परेको छ।

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्