Kathmandu Press

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस ६ : जल तथा मौसम विज्ञान विभागले आज उच्च् पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस ६ : जल तथा मौसम विज्ञान विभागले आज उच्च् पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसले गर्दा उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको छ।

आज बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराई मधेशका जिल्लामा हुस्सु लाग्नेछ। यससँगै देशभर चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: ०७:१८ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्