Kathmandu Press

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं, पुस ६ : नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समिति अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।अर्का उम्मेदवार दिनानाथ गौतमलाई ८६ मतले पराजित...
माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं, पुस ६ : नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समिति अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।

अर्का उम्मेदवार दिनानाथ गौतमलाई ८६ मतले पराजित गर्दै उनी अध्यक्ष बनेका हुन्। पौडेलले २६१ मत पाए भने गौतमले १६२ मत पाए।

त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए। उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन्।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

माओवादीमा प्रदेश सदस्यबाटै पदाधिकारीको निर्वाचन गरिएको हो। सर्वसम्मत नभएपछि निर्वाचन गरिएको माओवादीले जनाएको छ।

प्रकाशित मिति: ०७:०८ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्