Kathmandu Press

महिला केन्द्रीय सदस्यमा डिला पहिलो, पुष्पा दोश्रो र आरजु तेस्रो (मतपरिणामसहित) 

यस्तै पुष्पा भुसाल २७१८ मतसहित दोश्रो स्थानमा र सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा २५३६ मतसहित तेश्रो स्थानमा बिजयी भईन् ।
महिला केन्द्रीय सदस्यमा डिला पहिलो, पुष्पा दोश्रो र आरजु तेस्रो (मतपरिणामसहित) 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुला महिलातर्फको मतगणना सकिएको छ ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार डा. डिला संग्रौला पन्त २८८५ मत सहित शीर्षस्थानमा बिजयी भएकी छिन् । यस्तै पुष्पा भुसाल २७१८ मतसहित दोश्रो स्थानमा र सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा २५३६ मतसहित तेश्रो स्थानमा बिजयी भईन् ।

यस्तै चौथोमा अम्बिका बस्नेत (२३३९), पाँचौमा ईश्वरी न्यौपाने (२२५९), छैठौंमा सरिता प्रसाई (२०९६), सातौंमा रमा कोइराला पौडेल (१८५८), आठौंमा शुशीला ढकाल आचार्य (१८०४) र नवौंमा रंगमती शाही (१७८९) मतसहित बिजयी भए ।

यसअघि पदाधिकारी र खुला ३५ तर्फको केन्द्रीय सदस्यमा वर्चस्व राखेको सभापति देउवा प्यानलले महिला खुलातर्फपनि आफ्नो वर्चस्व कायम नै राखेको छ ।

नौ जना महिला केन्द्रीय सदस्यमा आठ जना सभापति देउवापक्षका उम्मेदवार विजयी हुँदा शेखर कोइरालापक्षका एक जना मात्रै विजयी भएकी छिन् । विजयी भएकामध्ये सरिता मात्रै शेखर प्यानलकी हुन् । 

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेस संसदीय दल राष्टिय सभातर्फ सचेतक समेत रहेकी अनिता देवकोटा भने १० औं स्थानमा सिमित रहँदा केन्द्रीय सदस्यमा पराजीत भएकी छिन् । 

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्