Kathmandu Press

प्रदेश नं १ मा थपिए ११ सङ्क्रमित 

काठमाडौं, पुस ५ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन...
प्रदेश नं १ मा थपिए ११ सङ्क्रमित 

काठमाडौं, पुस ५ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ ।

दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Hardik ivf

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्