Kathmandu Press

कांग्रेस अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित  

काठमाडौं, पुस ५ : नेपाली कांग्रेस अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ आज सम्पन्न अन्तिम...
कांग्रेस अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित  

काठमाडौं, पुस ५ : नेपाली कांग्रेस अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ आज सम्पन्न अन्तिम मतपरिणामपछि सुनुवार निर्वाचित भएका हुन् । अल्पसंख्यकतर्फ कुल खसेको ४६३५ मतमध्ये उनले २१७१ मत ल्याए ।

उनका प्रतिष्पर्धी टीका सुब्बा लेप्चाले १०२३ मत मात्र ल्याए ।  यस्तै तेस्रो स्थानमा रहेका हरि बहादुर घलेले ६०९ मत ल्याए । चौथो स्थानमा रहेका ओम प्रकाश शर्मा ५३६ मत र प्रेमबहादुर छन्त्याल २०६ मत ल्याउँदै पाँचौँ स्थानमा रहे ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्य क्लस्टरका केन्द्रीय सदस्य पदका उम्मेदवारको मत गणना जारी छ ।  

प्रकाशित मिति: १९:३३ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्