कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व हो : प्रधानमन्त्री देउवा
काठमाडौं, पुस ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताएका हुन् ।
उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवाला जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले भने, “अहिले नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको बताइएको छ, खोप अभियानलाई तीव्रताका साथ अघि बढाउन जरुरी छ, खोपबाट जनताको जीवन बचाउनु हामी सबैको कर्तव्य हो, त्यसैले चैतसम्म सबै नेपालीलाई खोप दिने हाम्रो (सरकारको) लक्ष्य हो पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रिय रूपमा लाग्न अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री देउवाले कोभिड विरुद्धको बुष्टर डोज लगाएमा तेस्रो भेरियन्ट पनि घटनसक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरे ।
उनले कोभिडको नयाँ भेरियन्टले बालबालिकालाई पनि जोखिममा पार्ने भनिएकाले १२ वर्षमाथिका बालबालिकालाई पनि बचाउन आवश्यक रहेकाले बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याए ।









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)