Kathmandu Press

कांग्रेसमा हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ : सहमहामन्त्री परियार 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।उनले...
कांग्रेसमा हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ : सहमहामन्त्री परियार 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।

उनले भने–‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरुमा पनि युवाहरु आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै परियारले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे आफ्नो पार्टीको धारणा बाहिर ल्याईसकेको सुनाए । उनले भने–‘एमसीसीबारे काँग्रेसको आफ्नै खालको दृष्टिकोण छ । यो कांग्रेसको मात्रै एजेण्डा होईन, यो नेपालीहरुको एजेण्डा हो । दलहरुका बीचमा आ–आफ्नो दृष्टिकोण छन । मेरो व्यक्तिगत कुरा के हो भने यो सिंगो नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्छ ।

सबै दलले छलफल गरेर अघि बढ्नुपर्छ । सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । मेरो विचारमा त्यसरी छलफल गरेर निश्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन् ।’ उनले पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उल्लेख गरे । ‘सभापति देउवाले पार्टीका शीर्ष नेताहरु, जसले निर्वाचनमा भाग लिनुभएको छैन, कतिपय भाग लिएर पराजित हुनुभएको छ, उहाँहरुलाई उचित स्थान दिनुहुनेछ भन्ने व्श्विास लिएको छु । अहिले पार्टीभित्र ठूलो समस्या छैन् ।’–उनले भने ।

उनले अहिले १४औं महाधिवेशनमा पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको सुनाए । उनले भने,‘हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ, अघिल्लो पुस्ताको अनुभव र हाम्रो पुस्ताको क्रियाशिलताले गर्दा आज पार्टीमा युवाहरुको यो उपस्थिति भएको हो ।’

प्रकाशित मिति: १९:११ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्