Kathmandu Press

एमसिसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा बढ्दै गएको छ : डा. भट्टराई

काठमाडाैं, पुस ५ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा बढ्दै गएको बताएका...
एमसिसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा बढ्दै गएको छ : डा. भट्टराई

काठमाडाैं, पुस ५ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा बढ्दै गएको बताएका छन्। 

समाजवादी प्रेस संगठन नेपालले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. भट्टराईले देशीविदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने सम्भावना रहेको बताए।

त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिँदै उनले एमसीसीबारे सत्तारुढ गठबन्धनले सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। 

प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्न आगामी निर्वाचनसम्मै गठबन्धनलाई जोगाइराख्नुपर्ने उनकोृ भनाइ थियो। 

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्