माओवादी केन्द्र वाग्मती प्रदेश नेतृत्व चुन्न आज साँझ ६ बजेदेखि निर्वाचन
काठमाडाैं, पुस ४ : माओवादी केन्द्रले वाग्मती प्रदेश नेतृत्व चुन्न आज (सोमबार) साँझ ६ बजेदेखि निर्वाचन सुरु गर्ने भएको छ।निर्वाचन बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा...
काठमाडाैं, पुस ४ : माओवादी केन्द्रले वाग्मती प्रदेश नेतृत्व चुन्न आज (सोमबार) साँझ ६ बजेदेखि निर्वाचन सुरु गर्ने भएको छ।
निर्वाचन बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने निर्वाचन समितिले जनाएको छ। समितिले मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिसकेको छ।
यही पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। त्यसका लागि सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म माओवादी केन्द्र आइपुगेको छ। यो राष्ट्रिय सम्मेलनअन्तर्गत चुनावबाट नेतृत्व चयन गर्न लागेको यो नै पहिलाृ हो। सर्वसम्मतिले नेतृत्व चुन्ने प्रयास असफल भएपछि अन्ततः निर्वाचन गर्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो।
वाग्मती प्रदेश अध्यक्षका लागि देवीप्रसाद ढकाल, दीनानाथ गौतम, विशाल खड्का, सरल सहयात्रीलगायत आकांक्षी छन्।
प्रकाशित मिति: १७:४० बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)