Kathmandu Press

२६५० मतगणना : डिला संग्रौलाको शीर्षस्थान कायमै, १४५६ मतसहित आरजु तेस्रो स्थानमा 

डिला संग्राैलाले १६५० मत पाएकी छन् । त्यस्तै पुष्पा भुसालले १५५९, आरजु राणाले १४५६, अम्बिका बस्नेतले १३१० मत पाएकी छन्।
२६५० मतगणना : डिला संग्रौलाको शीर्षस्थान कायमै, १४५६ मतसहित आरजु तेस्रो स्थानमा 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुला महिलातर्फको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा सोमबार साँझसम्म २६५० मत गनेर सकिएको छ। 

अहिलेसम्म डिला संग्रौला नै शीर्षस्थानमा छिन्। उनले १६५० मत प्राप्त गरेकी छन् भने पुष्पा भुसाल दोस्रो स्थानमा छिन् । पहिलो स्थानमा रहेकी डिला र पुष्पाबीच प्रतिस्पर्धा हुने देखिएको छ । पुष्पा भुसालले १५५९ मत प्राप्त गरेकी छन् । 

देउवापत्नी आरजु राणा पनि शीर्ष स्थानका लागि प्रतिस्पर्धामा देखिन्छिन्। उनले हालसम्म १४५६ मत प्राप्त गरिसकेकी छन्। त्यस्तै  अम्बिका बस्नेतले १३१०, ईश्वरी न्यौपानेले १२९६, सरिता प्रसाईंले ११९०, रमा कोइरालाले १०५८, सुशीला ढकालले १०४१, रंगमती शाहीले १०२५ र अनिता देवकोटाले ९९१ मत पाएका छन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्