मंगलबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडाैं, पुस ५ : सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि (पुस ६ गते मंगलबार) बिहान साढे...
काठमाडाैं, पुस ५ : सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि (पुस ६ गते मंगलबार) बिहान साढे ११ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।
भोलि १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।
बैठक संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने जनाइएको छ।
संसद सचिवालयले प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ। सो कार्यसूचीमा दुई अध्यादेश अस्वीकार र दुई अध्यादेश स्वीकृतिका लागि प्रस्ताव गर्ने उल्लेख छ।
प्रकाशित मिति: १७:३० बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)