Kathmandu Press

थपिए २२० जना कोरोना संक्रमित, २६३ जना संक्रमणमुक्त, १ काे मृत्यु

काठमाडौं, पुस ५ : पछिल्लो २४ घन्टामा मुलुकभर २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४ हजार...
थपिए २२० जना कोरोना संक्रमित, २६३ जना संक्रमणमुक्त, १ काे मृत्यु

काठमाडौं, पुस ५ : पछिल्लो २४ घन्टामा मुलुकभर २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४ हजार १४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१८ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको कुल संख्या ८ लाख ९ हजार १५५ पुगेको छ।

सोही अवधिमा कोरोनाका कारण एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५७४ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार देशभर ५ हजार २२५ सक्रिय संक्रमित छन्। तीमध्ये ४ हजार ९६४ जना होम आइसोलेसन र २६१ जना संस्थागत आइसोलेसनमा छन्। १०९ जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।    

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्