इन्द्रेणी कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी
काठमाडौं, पुस ४ : काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्सको माथिल्लो तलमा रहेको जिम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगो नियन्त्रणका...काठमाडौं, पुस ४ : काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ।
कम्प्लेक्सको माथिल्लो तलमा रहेको जिम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि त्यहाँ दुईवटा दमकल पुगेका छन्। अग्नि नियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगो लागेको हेर्नेहरुको ठुलो भिड लागेृको छ। जसले गर्दा सो क्षेत्रको आवागमनमा समस्या भएको छ।
आगलागीको कारण र क्षतिको विवरण पनि प्राप्त हुन सकेको छैन।
प्रकाशित मिति: १६:०८ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











