Kathmandu Press

निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुन्थे : प्रचण्ड

काठमाडौं, पुस ५ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीलाई ठूलो षड्यन्त्र गरेर बचाइएको बताएका छन्। नेकपा विघटनपूर्व निर्वाचन आयोगले...
निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुन्थे : प्रचण्ड

काठमाडौं, पुस ५ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीलाई ठूलो षड्यन्त्र गरेर बचाइएको बताएका छन्। 

नेकपा विघटनपूर्व निर्वाचन आयोगले संविधान, ऐन र नजिरबमोजिम निर्णय गरेको भए ओली अहिले नाजुक अवस्थामा जाने बताए । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सदस्यहरुले ओलीलाई कारवाही गरेको स्मरण गर्दैै आत्मरक्षाका लागि संसदमाथि प्रहार गरेको बताए। 

निर्वाचन आयोगमा असंवैधानिक रुपमा लगिएका व्यक्तिहरुले नै ओलीलाई बचाएको प्रचण्डको दाबी छ।  ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो।’

प्रचण्डले ओली अझैपनि प्रतिगमनको बाटोमा रहेको बताएका छन्। सभामुखविरुद्ध नाराबाजी गरेर संसद चल्न नदिएकोबारे असन्तुष्ट व्यक्त गर्दै उनले संविधानले नै सभामुखलाई १५ दिनभित्र निर्र्णय लिनुपर्ने व्यवस्था रहेको प्रष्ट पारे।  माधव नेपाल नयाँ दल दर्ता गरेर अगाडि बढिसकेको अवस्थामा ओलीले राजनीतिक चरित्र देखाउनुपर्ने बताए। ‘माधव नेपाल देख्यो कि कार्यक्रममै नजाने, यो भन्दा अराजनीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?,’ उनले प्रश्न गरे।

प्रचण्डले सत्तारुढ गठबन्धनलाई कमजोर पार्ने खेलमा पनि ओली लागेको बताए। एमसीसीमा सघाउने, कांग्रेसलाई एकल सरकार चलाउन दिने लगायतका प्रस्ताव राखेर पुन ओलीले प्रतिगमनको वातावरण बनाउने प्रयास गरेको बताए। वर्तमान समयमा गठबन्धनको आवश्यकता रहेको र कुनैपनि हालतमा गठबन्धन कमजोर नहुने बरु अझै बलियो भएर अगाढि बढ्ने बताए।  
 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्