Kathmandu Press

मदिरा सेवनपछि कुटेर पत्नीको हत्या

भक्तपुर, पुस ४ : भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे  बस्ने एक पुरुषले कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको छ।भोजपुरको केराबारी घर भई कटुन्जे डेरा गर...
मदिरा सेवनपछि कुटेर पत्नीको हत्या

भक्तपुर, पुस ४ : भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे  बस्ने एक पुरुषले कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको छ।

भोजपुरको केराबारी घर भई कटुन्जे डेरा गरी बस्ने २८ वर्षीय जीवन राईले आइतबार राति २५ वर्षीया मन्दिरा राईलाई हत्या गरेको प्रहरीले बताएको छ।

हत्यापछि फरार जीवनलाई आज (सोमबार) बिहान नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएकाे छ।

राइृ दम्पतीले फोहोर सफाइ केन्द्रमा काम गदैृ आएको र आइतबार साँझ मदिरा सेवन गरी झगडा गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। 

राई दम्पतीका सात वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्