Kathmandu Press

कांग्रेसका दुई भ्रातृ संस्था नेविसंघ र तरुण दल नेतृत्वविहीन

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ।पार्टीको भर्खरै सम्पन्न १४औं महाधिवेशनमा...
कांग्रेसका दुई भ्रातृ संस्था नेविसंघ र तरुण दल नेतृत्वविहीन

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ।

पार्टीको भर्खरै सम्पन्न १४औं महाधिवेशनमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन्। 

२०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बनेका बस्नेत र २०७६ माघ १६ गते १२औं महाधिवेशन सम्पन्न गर्न बनेको तदर्थ समितिका अध्यक्ष ढुंगाना (खुलातर्फ) केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसंघ र तरुण दल नेतृत्वविहीन बनेको हो। 

पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत २ हजार ५ सय ५७ र ढुंगाना १ हजार ८ सय ९६ मत ल्याएर निर्वाचित भएको थियो। कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन।

पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ।

साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ।

बस्नेत र ढुंगानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिएका थिएनन्।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्