Kathmandu Press

सातामा दुई पटक साथीहरूसँग रमाइलो गर्ने महिलाको स्वास्थ्य राम्रो हुन्छ: अध्ययन 

साथीसँग कतै गएर रमाइलो गर्न मन पर्छ? सातामा दुई पटक साथीहरूसँग बाहिर गए स्वस्थ र खुशी हुनुहुनेछ।

युनिभर्सिटी अफ अक्सफोर्डको अनुसन्धाताहरूको एउटा समूहले ....

सातामा दुई पटक साथीहरूसँग रमाइलो गर्ने महिलाको स्वास्थ्य राम्रो हुन्छ: अध्ययन 

साथीसँग कतै गएर रमाइलो गर्न मन पर्छ? सातामा दुई पटक साथीहरूसँग बाहिर गए स्वस्थ र खुशी हुनुहुनेछ।

युनिभर्सिटी अफ अक्सफोर्डको अनुसन्धाताहरूको एउटा समूहले गरेको अनुसन्धानले जीवनको हरेक पाटोमा खुशी प्राप्त गर्न महिलाले गर्नुपर्ने काम पत्ता लगाएको छ। सातामा दुई पटक महिला साथीहरूसँग बाहिर जान स्वतन्त्र भएको अनुभवले यसमा सकारात्मक योगदान पुर्‍याउने अध्ययनमा देखिएको छ।

लोकप्रिय मनोवैज्ञानिक रोबिन डन्बारले अध्ययनको नेतृत्व गरेका हुन्। सातामा दुई पटक चार जना “बेस्ट फ्रेन्ड्स”सँग भेट गरे महिलाहरूको समग्र स्वास्थ्यमा सुधार आउने अध्ययनले देखाएको छ। यस्ता भेटघाटमा बियर पिउने, गफ गर्ने र प्रतिद्वन्द्वीबारे कुरा गर्नुलाई उनीहरूले प्राथमिकता दिएका छन्। यसले महिलालाई “सोसलाइज” गर्ने, पिउने र सँगै हाँस्ने बनाउँछ।

Hardik ivf

स्वास्थ्यमा पुग्ने फाइदाहरूमा रोगबाट चाँडो निको हुने, बलियो रोग प्रतिरोधी क्षमता, चिन्ता न्यूनीकरण र उदारताको स्तर वृद्धि देखिएका छन्।

नजिकका साथीभाइ/नातेदारसँग करिब यति नै समय बिताइन्छ। विशाल र व्यवस्थित सामाजिक सञ्जालले महिला र पुरूषको शारीरिक र भावनात्मक स्वास्थ्यमा उल्लेखनीय प्रभाव पार्दछ। उनीहरू कमै मात्र रोगी हुन्छन्। शल्यक्रियाबाट चाँडै स्वास्थ्यलाभ गर्छन्। मृत्युको सम्भावना पनि कम हुन्छ। उनीहरूको सन्तानको मृत्युको सम्भावना पनि कम हुन्छ।

तर महिलाको अवस्थामा भने विपरीत छ। पाँचमध्ये दुई जनाले मात्रै सातामा एक पटक साथीहरूसँग घर बाहिर भेटघाट गर्ने मौका पाउँछन्। परिवारको स्याहार गर्नुपर्ने भए यो अवसर अझ कम हुने अनुसन्धाताहरूले टिप्पणी गरेका छन्।

मानिसहरूको संख्या र उनीहरूसँग बिताएको समय अनुसार साथीभाइसँग गरिएका अन्तर्क्रियाको गुणस्तरबारे पनि अनुसन्धान गरिएको छ। महिलाहरूले आफ्नो समयको औसत आधाभन्दा कम समय नजिकको मित्रतालाई दिने गर्छन्।

हास्यास्पद प्रतिक्रिया जनाएर, ठट्टा गर्दै र हाँसो उठ्ने कुरा गरेर महिलाले सबैभन्दा राम्रो अन्तर्क्रिया गर्ने अध्ययनमा देखिएको छ। तर यसमा समूहको आकारले पनि फरक पार्दछ। सानामा समूहको हाँसो लाभदायक देखिन्छ।

तर पाँच जनाभन्दा ठूलो समूहमा, खुशी र स्वास्थ्यका लागि आवश्यक पर्ने “एन्डोर्फिन” उत्पादन गर्ने हास्यास्पद परिस्थितिहरू कमै सिर्जना हुन्छन्। त्यसैले बढीमा चार जनाको समूह नै उत्तम हुने अनुसन्धानले पत्ता लगाएको छ।

“पुरूषको तुलनामा महिलाले मित्रताको सम्बन्ध कायम गर्नुपर्ने अनुसन्धानले देखाउँछ। यसले आत्मियता विकास गर्ने हर्मोन   सेरोटोनिन र ओक्सिटोसिन बढाउँछ,” डा. अलिसा रूबी ब्याशले भनिन्।

स्ट्यान्फोर्डमा गरिएका अध्ययनले यसको पुष्टि गरेका छन्। युसिएलएको अध्ययनले पनि तनावको क्षणमा महिलालाई झगडा गर्ने वा भाग्ने चाहना बढ्नुका साथै ओक्सिटोसिन पनि उत्पादन गर्ने देखाएको छ। हर्मोनमा भएको यो वृद्धिले महिलालाई आफ्नो सन्तानको सुरक्षा गर्ने र अन्य महिलासँग सम्बन्ध गर्न बाध्य गराउँछ।

डा. ब्याशले जनाएअनुसार उमेर बढ्दै जाँदा ती सम्बन्धहरू कायम राख्नु महत्त्वपूर्ण बन्दै जान्छ।  “हामी व्यस्त हुन्छौं। जिम्मेवारी बढ्छ,” उनले भनिन्,“यसले हामीलाई साथीहरूसँग रमाइलो गर्नुपर्ने अनुभव गराउँछ। बाहिरको तनावबाट मुक्त भएर हामी रमाइलो गर्नसक्छौं।”

महिलाको जीवन एकदमै तनावपूर्ण हुन्छ। परिवारलाई घरमै छोडेर निस्किँदा कहिलेकाहीँ ग्लानी पनि हुन्छ। तर आफ्नो लागि पनि समय छुट्याउनुपर्छ। साथीहरूसँग बाहिर गएर पिउने मात्रै कुरा होइन। दैनिक कामकाजबाट विश्राम लिनु र नजिकका साथीभाइलाई प्रत्यक्ष भेट्नु मुख्य कुरा हो।

नजिकका साथीभाइसँग भेट्दा ताजापन अनुभव हुन्छ। एक मिनेट सोच्नुहोस् त। अन्तिम पटक वेस्ट फ्रेन्डसँग कहिले बाहिर जानुभएको थियो? भोलिपल्ट कस्तो अनुभव भयो? गज्जब ! 

हामी खुशी भयौं भने, हामी राम्रो आमा, पत्नी र समग्रमा असल व्यक्ति बन्न सक्छौं। जीवनको गुणस्तर बढाए स्वास्थ्य पनि सुध्रिन्छ।

तपाईं साथीहरूसँग कतिको बाहिर जानुहुन्छ?
 

प्रकाशित मिति: ०७:१३ बजे, शनिबार, भदौ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्