अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु
अछाम, भदौ १३ : अछामको मेल्लेक गाउँपालिका–७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।<....
अछाम, भदौ १३ : अछामको मेल्लेक गाउँपालिका–७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप शुक्रबार साँझ नन्देगडा बजार नजिक दुर्घटना भएको हो। दुर्घटनामा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउदको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।
दुर्घटनामा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति घाइते भएका छन्। उनीहरुलागि उपचारका लागि बयलपाटा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





