पोखरा महानगरमा चार वर्षमा नौ वडाका कार्यालय भवन
कास्की, पुस ५ : पोखरा महानगरपालिकाले चार वर्षमा नौ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन...कास्की, पुस ५ : पोखरा महानगरपालिकाले चार वर्षमा नौ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले जनाएको छ ।
वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपाङ्गतामैत्रीसमेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।
हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए।
वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ।
सूचना अधिकारी पौडेलले भने,‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौँ । केहीको प्रक्रिया सुरु भएमा छिट्टै शिलान्यास गर्छौँं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रुपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।
महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले जनाएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ ।
‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन रु १९ करोड पाँच लाखमा निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए।