Kathmandu Press

पोखरामा लिम्बू समुदायले मनाए ‘उधौली पर्व’

गण्डकी, पुस ४ :  (याक्थुङ चुम्लुङ) लिम्बूले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ...
पोखरामा लिम्बू समुदायले मनाए ‘उधौली पर्व’

गण्डकी, पुस ४ :  (याक्थुङ चुम्लुङ) लिम्बूले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् ।  

संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले  पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउँदै आएको बताए। उनले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।’ उनका अनुसार किँरातले उधौली पर्व अन्नवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

कास्कीमा लिम्बु समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उनले भने, ‘यो चुम्लुङ खोल्नुको उद्देश्य  भनेको हाम्रो भाषा, लिपी, संस्कृति  र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।’ पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियो । 

‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौँ,’  उनले भने, ‘यसमा १९  चराको नक्कल गरेर कथाअनुसार नाँच्ने प्रचलन रहेको छ।’’समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताए।

प्रकाशित मिति: १०:०८ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्