Kathmandu Press

गाउँभरी घरघरमा खानेपानीको धारा

गाउँभरी घरघरमा खानेपानीको धारा

बाग्लुङ, पुस ५ : खानेपानीको समस्या भएको बाग्लुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ। खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन्।

अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्‍याएको छ। अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताइन्। अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुशीले दंग परेका छन्।

Hardik ivf

उनीहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता थियो। खानेपानीको समस्या भोग्दै आएका बागलुङ–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ–८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गोतमले जानकारी दिए।

‘२०७३ सालबाट यहाँ २१ सानारठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पुर्‍याएका छौं‚’ उनले भने‚ ‘बहुवर्षे योजना अन्तर्गत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ।’

हालसम्म उक्त स्थानमा जम्मा १२  सामुदायिक धारा, अव्यवस्थित,  असहज पानीको वितरण थियो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पुर्‍याउने काम भइरहेको छ।

६५ घरमा धारा पुर्‍याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी वितरण गरिएको छ। ती घरमा मात्रै खानेपानी पुर्‍याउन २५ लाख रूपैयाँ खर्च भइसकेको उक्त आयोजनाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, पुस ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्