Kathmandu Press

लागुऔषधसहित एक जना पक्राउ

काठमाडाैं, पुस ४ : काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९...
लागुऔषधसहित एक जना पक्राउ

काठमाडाैं, पुस ४ : काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए। दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ। उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्