Kathmandu Press

हुम्लामा हावाहुरीको असर, हवाई उडान अवरुद्ध, लाखौँको क्षति

सिमकाेट, पुस ४ : शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ। आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या...
हुम्लामा हावाहुरीको असर, हवाई उडान अवरुद्ध, लाखौँको क्षति

सिमकाेट, पुस ४ : शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ। आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ। हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ।

बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ। सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।

Hardik ivf

हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुननसकेको हो। हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो। यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन्।

यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ। हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ। क्याम्पास भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

यसैगरी हावाहुरीले छानो उडाएपछि सात लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीको आकलन छ। क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ। कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन। हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्